प्रतितोला २ हजारले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ २६ मंगलवार ११:०३
2.94K
shares
shares

काठमाडौं, २६ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य २ हजारले बढेको छ ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९९ हजार ९ सयमा कारोबार भएको सुन मंगलवार बढेर प्रतितोला ३ लाख १ हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ९ सय २५ रुपैयाँमा कायम भएको हो ।













