Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

1.56K
shares

काठमाडौं, २६ जेठ। प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी शेयर बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्। साथै, बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयर संख्या भने खुलाएको छैन।