कृषि विकास बैंकको अध्यक्षमा पाण्डेय नियुक्त
वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२८
shares

काठमाडौं, २६ जेठ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् ।
सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने वा मार्गप्रशस्त गर्न निर्देशन दिने नीति लिएसँगै बैंकका तत्कालीन अध्यक्षले राजीनामा दिएका थिए ।
सोही रिक्त स्थानमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूलाई नयाँ नियुक्ति गरेको हो। कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले सरकारको राजनीतिक परिवर्तन र निर्देशनात्मक नीतिका कारण आफ्नो पदबाट राजीनामा बुझाएका थिए ।













