Dhulikhel Eco Banner new

ट्राफिक प्रहरीबाट एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व संकलन

1.96K
shares

काठमाडौं, २६ जेठ । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २१ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १४५ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १४५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १५१, एकतर्फी सडकमा सवारी चलाउने १५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३९४ गरी कुल दुई हजार ३९२ जनालाई कारबाही गरिएको हो।