Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.9K
shares

काठमाडौं, २६ जेठ । मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.५४ अंकले घटेर २७३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ४४ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले १०.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.७० प्रतिशतका दरले कमाएका छन् भने माथिल्लो हेवाखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.१७ प्रतिशतका दरले कमाएका छन् ।