Dhulikhel Eco Banner new

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए सपथ

1.25K
shares

काठमाडौं, २६ जेठ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन् ।

गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् । उनीहरूको सरकारमा दोस्रो इन्ट्री हो ।