Dhulikhel Eco Banner new

फोनलोन र क्रेडिट कार्डको रकम नतिर्नेको तीनपुस्ते सार्वजनिक

2.17K
shares

काठमाडौं, ४ असार । लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नै चुक्ता नगर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ । बैंकका अनुसार, ती व्यक्तिहरूले लिएको ऋण तथा त्यसको ब्याज पटक–पटक ताकेता गर्दा पनि नतिरी सम्पर्कमा समेत नरहेका कारण यस्तो कदम चालिएको हो।

ती ऋणीहरूको नाम, तीन पुस्ते विवरणसहित सार्वजनिक गरेको छ। उनीहरूले लिएको ऋणको साँवा, ब्याज, हर्जाना ब्याज र अन्य दस्तुर तोकिएको समयसीमाभित्र बुझाउनु पर्ने कानुनी व्यवस्था भए पनि यथासमयमा तिर्न असफल भएको बैंकको भनाइ छ।

बैंकका अनुसार, ३५ दिनभित्र ऋण चुक्ता नगरेमा ती व्यक्तिहरूको नाम कर्जा सूचना केन्द्र ९ऋक्ष्द्य० को कालोसूचीमा सूचीकृत गरिनेछ। साथै, बैंकले कानुनी प्रक्रिया अगाडि बढाउँदै बक्यौता असुलीका लागि कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ।

फोन लोन योजनाअन्तर्गत ऋणीहरूले मोबाइलमार्फत सहज रूपमा सानो परिमाणको कर्जा लिने व्यवस्था गरिएको थियो। तर, कर्जा लिई तोकिएको समयमा फिर्ता नगर्ने प्रवृत्तिले बैंकको कर्जा सुरक्षामा जोखिम सिर्जना भएको बैंक स्रोतको भनाइ छ।

बैंकले सम्पूर्ण जिम्मेवार ऋणीहरूलाई यथाशीघ्र सम्बन्धित शाखामा सम्पर्क गरी कर्जा चुक्ता गर्न पुनः आग्रह गरेको छ। अन्यथा, कानुनी कारवाही र कालोसूचीको कारवाही अवश्य हुने स्पष्ट गरिएको छ।