GBIME

बूढानीलकण्ठ नगरपालिकामा जारी कृषि मेला सम्पन्न

2.46K
shares

काठमाण्डौ, ४ चैत । काठमाडौंको बुढानिलकण्ड नगरपालिकामा जारी कृषि मेला सकिएको छ । दुई दिने मेला शनिबार सम्पन्न भएको हो । नगरपालिकाको आयोजनामा भएको मेलामा करिब ८ हजार जनाले अवलोकन गरेको नगरपालिकाका उपमेयर अनिता लामाले जानकारी दिइन् ।

शुक्रबारदेखि नगरपालिकाको वडा नम्बर ३ को मन्दिर परिसरमा जारी मेलामा शनिबार भने निकै भिडभाड देखिएको छ । बिदाको दिन भएकाले शनिबार अवलोकन कर्ताहरुको भिड लागेको थियो । मेलामा नगरपालिका भित्रका १३ वटा वडाका ७१ वटा स्टलहरु रहेका छन् । प्रदर्शनीमा तरकारी, अचार, गुन्द्रुक, मस्यौरा, च्याउ, च्याउको सुकुटी, कालिज, कालिजको अण्डा, हयाण्डीक्राफ्ट, फुल, विरुवा उत्पाद नर्सरी, अल्लोबाट बन्ने कपडाका उत्पादन, नेपाली कपडा लगायतका स्टलहरु रहेका छन् ।

नगरपालिका भित्रको सांस्कृति र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने तथा नगरपालिका भित्र कृषि उत्पादनको प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको नगरपालिका उपमेयर अनिता लामाले बताइन् । सास्कृतिक र पर्यटकीय हिसावले महत्वपूर्ण रहेको नगरपालिकामा बागद्धार, विष्णुद्धार, नौलिनथान, खड्ग भद्रकाली, चण्डेश्वरी जस्ता धार्मिक स्थलका रहेका छन् । यी विभिन्न पर्यटकीय स्थलको प्रचार प्रसार र यहाँ उत्पादन हुने कृषि उपजको विषयमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको नगरपालिकाका उप मेयर अनिता लामाले जानकारी दिइन । विभिन्नि जनजातिहरुको मिश्रित बसोवास रहेको नगरपालिकाको विविध सभ्यतालाई जोगाई राख्न यहा उत्पादन हुने विभिन्न पौराणिक शैलिका लत्ताकपडा, भाडाकुडा, माला, भेषभुषा ईत्यादिको लोप हुन लागेकोमा त्यसलाई नगरको समृद्धिमा कसरी जोड्ने सकिन्छ भनेर मेलाको आयोजना गरिएको लामाको भनाइ छ ।

मेलालमा लोप हुन लागेका भाडाकुडा, मुगाको माला देखि लिएर श्रृङ्गारका सामानहरु राखिएको थियो । यस्ता मेलाले नगरपालिको दिगो आर्थिक विकासको लागि सहयोग पुग्ने विश्वसा गरिएको छ । यसका साथै बजार नपाएका उत्पादनको लागि बजार व्यवस्थापनको काम पनि मेलाले गरेको आयोजकको भनाइ छ ।

यस्ता मेलाले साना तथा घरेलु उत्पादनदेखि व्यवसायीसम्मलाई उत्प्ररणा मिल्ने विश्वास गरिएको मेला आयोजनकका संयोजक राजकुमार थापाले बताए । अबदेखि यस्तो मेला हरेक महिना आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप मेयर बसन्ती श्रेष्ठले यो कार्यक्रमले आफूलाई पनि प्रेरणा मिलेको भन्दै यस्ता कार्यक्रमहरु आयोजना हुन कृषकका लागि निकै उत्साहको विषय भएको बताइन् । यस्ता मेलाहरु आफ्नो नगरपालिकामा पनि आयोजना गर्ने उनको भनाइ थियो ।

Dhulikhel Eco Resort 1200*100