चुनाव पछि सस्तो हुँदै तरकारीको भाउ
वि.सं.२०७९ जेठ ३ मंगलवार ०८:५२
shares
काठमाडौं, ३ जेठ । स्थानीय तहको चुनाव सकिएसँगै तरकारीको भाउ सस्तो हुन थालेको छ । मैसमी तरकारीको आपूर्ति समेत बढ्न थालेको छ ।
कालिमाटी तरकारी विकास समितिका लेखा अधिकृत नारायण रुपाखेतीका अनुसार दैनिक ८ लाख केजीभन्दा बढी तरकारीको भित्रिने गरेकोमा चुनावमा घटेर २ लाख केजीभन्दा तल झरेको थियो।अहिले ६ लाख केजी भित्रिन थालेको छ ।
चुनावकाबेला केजीमा ३० रुपैयाँसम्म बढेको तरकारीको मुल्य अहिले विस्तारै केजीमा १० रुपैयाँ घट्ना थालेको रुपाखेतीको भनाई छ ।
बर्खा सिजन भएकाले बजारमा तरकारीको मूल्य बढ्ने समय नभएको चुनावले आयात रोकिएको र किसानले उत्पादन गरेको तरकारी उत्पादन क्षेत्रमै रोकिएकाले मुल्य बढेको रुपाखेतीको बताए ।
अबको केही दिनमा हरियो तरकारीको आपूर्ति बढ्ने भएकाले मूल्य लगातार घट्ने रुपाखेतीले विश्वास व्यक्ति गरे ।
उपत्यकामा बनेपा, काभ्रे, धादिङ, मकवानपुर र चितवन लगायतका जिल्लाहरुबाट तरकारी आउने गरेको छ।