GBIME

ईटहरीमा खुल्यो अनलाइन सोफा सेन्टरको शाखा

6.84K
shares

काठमाडौं, ११ जेठ। अनलाइन सोफा सेन्टरले पूर्वको ईटहरीमा आफ्नो शाखा विस्तार गरेको छ । पूर्वी नेपालका ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले सुनसरीको ईटहरीस्थित हलगाढा चोकमा सोफा तथा फर्निचर स्टोर खोलेको हो ।

सुनसरी, मोरङ, झापा लगायतका क्षेत्रका ग्राहकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले ईटहरीमा शाखा स्थापना गरिएको अनलाइन सोफा सेन्टर प्रा.लि का अध्यक्ष एवं सञ्चालक युवा व्यवसायी शिशिर अधिकारीले बताए।

ईटहरी शाखामा भएका सामान ग्राहकहरुले सीधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्था कम्पनीले गरेको छ। आसपासका ग्राहकले शोरुम नै पुगेर समेत हेरेर सामान किन्न सक्ने अध्यक्ष अधिकारीले जानकारी दिए।

उनका अनुसार काठमाडौंमा मात्र उपलब्ध हुने उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर त्यस क्षेत्रका ग्राहकले अब ईटहरीबाटै खरिद गर्न पाउनेछन्। ‘पूर्वी नेपालका जिल्लाहरुबाट ग्राहकहरुले एकदमै धेरै चासो दिएर अनलाइन सोफाका उत्पादनहरु मन पराउनुभयो’, उनले भने, ‘त्यसैले शाखा नै खोलेर त्यतैबाट बिक्री थालेका छौं ।’

कम्पनीले हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको जनाएको छ । ‘हामीसँग दक्ष कार्पेन्टरहरु छन्, गुणस्तरीय सामान प्रयोग गर्छौं, जसले गर्दा उत्पादनको क्वालिटि र फिनिसिङ ग्राहकले खोजेजस्तै हुन्छ’, कम्पनीका अध्यक्ष अधिकारी भन्छन्। आफ्ना उत्पादनमा कम्पनीले ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिने गरेको छ। घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका लागि हामीलाई एक कल गरे पुग्छ, उनी भन्छन्।

उनका अनुसार कम्पनीले चाडैं काठमाडौंको बसुन्धरामा समेत आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याउँदैछ। ईटहरी शाखामा ९८१३९८८६६२ मा सम्पर्क गर्न सकिनेछ भने काठमाडौं उपत्यका तथा अन्य जिल्लाका ग्राहकले ९८६११९८९४७ (बनस्थली शाखा) र ९८५१३३५९३४ (बसुन्धरा शाखा) मा सम्पर्क गरी थप जानकारी लिन सक्ने समेत अध्यक्ष अधिकारीले बताए । कम्पनीको वेबसाइट बाट पनि अधिक जानकारी लिन सकिने उनी बताउँछन्।

Premier Steel Banner