पुरानै सीडी रेसियो कायम राख्न सीबीफिनको आग्रह

4.69K
shares

काठमाडौं, १६ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सीडी रेसियो पुरानै कायम गर्न वा ९५ बनाउन आग्रह गरेको छ । सीबीफिनले बिहीबार प्रधामन्त्री शेरबहादुर देउबालाई भेटेर सशर्त रुपमा सीडी रेसियो पुरानै काय गर्न वा ९० बाट बढाएर ९५ प्रतिशत पुर्‍याउनु पर्ने बताएको हो ।

त्यसका साथै सीबीफिनको टोलीले व्यापार घाटा न्यूनीकरण गर्न आयातमा नगद मार्जिनको पूर्ववत व्यवस्था लागु गर्नुपर्ने, बैंकमार्फत आउने रेमिट्यान्स निक्षेप राखे २ प्रतिशत थपेर ब्याज दिने व्यवस्था गर्नुपर्ने लगायतका शुझाब प्रधानमन्त्रीलाई दिएको छ । त्यस्तै स्थानीय तहको सतप्रतिशत रकम निक्षेपमा गणना गर्न पाउनुपर्ने, बैंकका सहायक कम्पनीलाई नभएर सीधै बैंकलाई नै शेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने, संस्थागत लगानीकर्ताको शेयर सर्वसाधारणको झैं किनबेच गर्न पाउनुपर्ने र उत्पादनमुलक क्षेत्रमा धेरै लगानी गर्ने बैंकलाई प्रोत्साहन दिनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै सीबीफिनका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई भेटेर तरलता अभावको विकराल समस्या अन्त्य गर्न तथा पुरै अर्थतन्त्रलाई जोगाउनका लागि यो यि सुझाबहरु पलना गर्नु पर्ने बताएको छ । सीबीफिनले नगद मार्जिनको व्यवस्था यथावत राखिनुपर्ने सुझाव पनि दिएको छ ।

यसैगरी रेमिट्यान्स रकम सीधै बैंकमा प्राप्त हुने रकममा मात्र थप ब्याज दिनुपर्ने सुझाव अघि सारेको छ । अहिले बैंकहरुले १ प्रतिशत ब्याज दिने गरेकामा सरकारले १ प्रतिशत थपेर २ प्रतिशत ब्याज दिनुपर्ने सुझाव परिसंघले दिएको छ ।

सीबीफिनका अनुसार अहिले विदेशबाट १०० रुपैयाँ रेमिट्यान्स भित्र्याउन १०४ रुपैयाँ खर्च भइरहेको छ, १ प्रतिशतले कर्जा विस्तार हुँदा मुद्रास्फीति ०.५ प्रतिशतले बढेको छ । बैंकबाट प्रवाह हुने कर्जा र रेमिट्यान्सको रकम आयात गर्न खपत भइरहेको परिसंघले जनाएको छ ।