Nepal Life Banner

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

10.8K
shares

काठमाडौं, १७ कात्तिक । धितोपत्र सामान्य अर्थमा सरकार वा कुनै कम्पनीले आपूmलाई चाहिने रकम संकलन गर्न जारी गरेको वित्तीय औजारलाई धितोपत्र भनिन्छ । यस अन्तर्गत सरकारी ऋणपत्र, डिबेञ्चर तथा कम्पनीले जारी गरेको शेयर, बण्ड, डिबेञ्चरहरू रहेका हुन्छन् ।

कुनै कम्पनीको शेयर खरिद गरे वापत लगानीकर्तालाई रकम भुक्तानीको प्रत्याभूति स्वरूप दिइने निस्सा कागज वा प्रमाणपत्रलाई शेयर प्रमाणपत्र भनिन्छ ।

सामान्यतया प्रति कित्ता शेयरको अंकित मूल्य रु. १०० कायम गर्ने चलन छ । शेयर खरिदकर्ता भनेका कम्पनीका मालिक हुन् । कम्पनीको लाभ–हानिमा प्रत्येक शेयरधनीको आफ्नो शेयर कित्ता बमोजिमको हिस्सा रहेको हुन्छ ।

शेयरको अवधि कम्पनीको आयुजस्तै अविच्छिन्न रहन्छ । तर, लगानीकर्तालाई बीचैमा रकमको आवश्यकता परे दोस्रो बजार (शेयर बजार) मार्फत बिक्री गरी रकम प्राप्त गर्न सकिन्छ । यसो गर्दा नयाँ खरिदकर्ता त्यस कम्पनीको नयाँ शेयरधनी बन्छ । संगठित संस्थाले आफ्नो व्यवसाय विस्तार गर्न, वस्तु उत्पादन गर्न, आवश्यक चल–अचल सम्पति खरिद गर्न, वस्तु तथा सेवा सम्बन्धी अनुसन्धान तथा विकास एवम् विज्ञापन जस्ता कामका लागि चाहिने पूँजीको आवश्यकता पूरा गर्न शेयर लगायतका धितोपत्र निष्कासन गर्दछन् ।

यसबाट लगानीकर्तालाई लगानीको अवसर प्राप्त हुन्छ । धितोपत्रका माध्यमबाट लगानीकर्ताहरूसँग छरिएर रहेको बचत उद्योगधन्दामा परिचालित भई देशको आर्थिक विकासमा सर्वसाधारणको योगदान पुग्न जान्छ ।

कम्पनीको शेयरका प्रकार

कम्पनीको शेयर साधारण र अग्राधिकार गरी दुई प्रकारका हुन्छन् । अग्राधिकार शेयरमा लाभांश पाउने दर निश्चित गरिएको हुन्छ । यस्ता शेयरलाई तोकिएको प्रतिशत लाभांश वितरण गरेर बाँकी रहेको रकम सम्बन्धित कम्पनीको भावी विकास र विस्तारका लागि सञ्चय गर्ने गरिन्छ ।

साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताले लगानीको मात्रा अनुसार स्वामित्व प्राप्त गर्ने हुँदा मुनाफामा सोही बमोजिमको हिस्सा प्राप्त गर्दछन् । साधारण शेयरधनीलाई कम्पनीको सञ्चालक समिति चयन गर्न मतदान गर्ने र आपूm पनि उम्मेद्वार बन्न सक्ने अधिकार समेत हुन्छ । कम्पनीले नाफा गर्दा आफ्ना शेयरधनीलाई नगद लाभांश वा बोनस शेयर वितरण गर्दछ ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?

वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?

वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?

वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?

वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?