के हो बैंक खाता ?
वि.सं.२०८१ कात्तिक २० मंगलवार ०६:००
shares
काठमाडौै, २७ असार । खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोले र कम जम्मा गर्ने तथा उनीहरुलाई चाहिएको समयमा भुक्तानी दिने गरि दर्ता गरिएको विवरण नै बैंक खाता हो ।
खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ भने पैसा निकाल्नु पर्ने भयो भने चेक काटेर निकाल्न मिल्छ । चेक बुक तथा एटिएम मार्फत पनि आफूलाई आवश्यक पर्ने रकम झिक्न सकिन्छ । बैंक खाता खोल्नको लागि नागरिकताको प्रमाणपत्र, फोटो, पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक छ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फाराममा दस्तखत आवश्यक पर्छ ।
बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् ।
चल्ती खाता : आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।
बचत खाता : बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ ।
सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । विद्यार्थी, युवा, गृहस्थी, बुढाबुढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ ।
मुद्दती खाता : मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।
बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी बैंकहरुबाट कर्जा निकाल्न त मिल्छ । तर यसका लागि पनि रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आफूले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत वढी ब्याज बैंकलाई तिर्नुपर्ने हुन्छ ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?
वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?
वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?
वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?
वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?
वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?
वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?
वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?
वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?
वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?
वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?
वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?
वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?
वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?
वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?
वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?
वित्तीय साक्षरता ३७ : के हो वासलत ?
वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?
वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?