गुराँस लघुवित्तको नाफामा भारी गिरावट, अन्य सूचक पनि उत्साहजनक देखिएनन्

वि.सं.२०७९ वैशाख २० मंगलवार ०९:३२
shares

काठमाडौं, २० वैशाख । गुराँस लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाले सार्वजनिक गरेृको वित्तीय विवरण अनुसार मूनाफामा निकै ठूलो गिराट आएको हो । ९ महिनाको अवधिमा संस्थाले १ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४७ दशमलव ९३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। २ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको खर्च बढ्दा सञ्चालन नाफा ४६ दशमलव ४५ प्रतिशत कम भएको छ । गत वर्ष रू। ३ करोड ८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू। १ करोड ६५ लाखमात्र यो नाफा गरेको हो ।
यस वर्ष कम्पनीले कर्मचारी खर्च रू। ३ करोड ७७ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू। १ करोड ३२ लाखभन्दा बढी गरेको छ । गत वर्ष कर्मचारी खर्च रू। २ करोड ७९ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू। ९९ लाखभन्दा बढी गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू। ९ करोड ७५ लाख रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा १९ दशमलव १८ प्रतिशत कम रू। ३ करोड ९ लाख कायम भएको छ । कम्पनीले यस वर्ष साढे २६ प्रतिशत बढी रू। ८९ करोड ७६ लाख कर्जा सापटी लिएको छ भने करीब २६ प्रतिशत बढी रू। १ अर्ब २७ करोड ६९ लाख कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन भने गत वर्षभन्दा ३५ दशमलव ४५ प्रतिशत बढी रू। २७ करोड २४ लाख भएको छ । गत वर्ष ४ दशमलव ९० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ४ दशमलव ८३ प्रतिशत कायम भएको छ । कम्पनीको तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू। १४ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू। १३१ दशमलव ७० रहेको छ ।