GBIME

गरिमा विकास बैंकको नाफा १५ प्रतिशतले बढ्यो

1.49K
shares

काठमाडौं, २० वैशाख । गरिमा विकास बैंकको मूनाफा १५ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७८ करोड ४६ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा १५ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ६७ करोड २ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३७ प्रतिशत र सञ्चालन नाफा १५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब ५७ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २८ करोड,रिटेण्ड अर्निङमा रू. ५५ करोड ८३ लाख र शेयर प्रिमियममा रू. ९७ हजार सञ्चित गरेको छ ।

Dhulikhel Eco Resort 1200*100