कर्जाको ब्याजदर अझै बढ्न सक्छ : गभर्नर अधिकारी

वि.सं.२०७९ वैशाख २१ बुधवार १८:३०
1.36K
shares
shares

काठमाडौं, २१ वैशाख । माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने नेपाल राष्ट्रबैंका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
उनले भने, ‘अहिलेको परिस्थितिले ब्याजदर वृद्धि गर्नु पर्ने अवस्था आएको छ । बैंकको ब्याज वृद्धि हुँदा अन्य क्षेत्रमा पनि प्रभाव पर्छ, त्यसको लागि निजी क्षेत्र तयार रहनुपर्ने अवस्था आएको छ ।’
आयातमा प्रतिबन्ध र एलसीमा नगद मार्जिन व्यवस्था तत्कालका लागि मात्रै रहेको उनले बताए ।
चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल (आईक्यान)ले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।