Dhulikhel Eco Banner new

पिपुल्स हाइड्रोपावरले ८० लाख कित्ता आइपीओ जारी गर्ने

4.68K
shares

काठमाण्डौं, २२ वैशाख । नेपाल धितोपत्र बोर्डामा अर्को एक कम्पनी पनि सेयर निष्काशन अनुमति लिन पुगेको छ।बेर्डका अनुसार पाइपलाइनमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ८० करोड रुपैयाँ बराबरको आइपीओ थपिएको हो।
हाइड्रोपावरले बोर्डबाट आईपीओ निस्कासनको अनुमति पाएपछि ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता निस्कासन गर्ने छ। हाइड्रोपावर अनुमति माग्दै बैशाख १२ गते बोर्डमा पुगेको हो ।

हाइड्रोपावरले निस्कासन अनुमति पाएपछि स्थानिय वासिन्दा र सर्वसाधरणका लागि सार्वजनिक निस्कासन जारी गर्ने छ । आईपीओ निस्कासन तथा बिक्री प्रबन्धकको सम्पूर्ण जिम्मा सानिमा क्यापिटलले लिएको छ।

हाल आईपी निस्कासनको अनुमतिका लागि बोर्डको स्वीकृति पर्खेर २८ कम्पनीहरु बसेका छन्। यि कम्पनीहरुले ७ अर्ब २५ करोड १४ लाख १५ हजार ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ५६ हजार ६५४ कित्ता आईपीओ निस्कासन गर्ने छन ।