Dhulikhel Eco Banner new

रारा हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ निष्काशन गर्दै

6.15K
shares

काठमाडौं, २२ वैशाख । रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
हाईड्रोपावरले १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिने योजना बनाएको छ ।

आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक कार्यका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बैशाख २१ गते सम्पन्न एक कार्यक्रमका बिच मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्सका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती थियो ।

सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्