GBIME

महुली लघुवित्तको बोनस सेयर सूचीकृत

1.34K
shares

काठमाडौँ, २२ वैशाख । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड  को बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत भएको छ ।

लघुवित्त चुक्ता पूँजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबरको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनस सेयर बिहीबार सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत बोनस लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

महुली लघुवित्तको पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

लघुवित्तले साधारण सभा वितरण प्रयोजनार्थ पुस १२ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

 

Dhulikhel Eco Resort 1200*100