GBIME

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ४५% सम्मको छुट

1.7K
shares

काठमाडौं, २३ वैशाख । बैंक अफ काठमाण्डू (BOKL)ले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको छ ।
बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत पर्पल हेज रेष्ट्रो र गार्डेन, एयरपोटचोक, विराटनगरमा १५%, मिठो रेष्टुरेन्ट र थकाली किचन, विर्तामोडमा १०%, नोबल होटल र स्विमिङ कम्प्लेक्स, इमाडोलमा १०%, मिटिङ पोइन्ट रेष्टुरेन्ट एण्ड बार, विर्तामोडमा ५%,होटल अर्थ लाइट, सौरहा, चितवनमा २०%, चिकेन स्टेसन, इमाडोलमा १०% तथा सोलीमारी रेष्ट्रो एण्ड मिटिङ प्राइभेट लिमिटेड,इमाडोलमा १५% को छुट पाउन सकिनेछ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत मेडिसिटि फार्मेसी, वित्र्तामोडमा १०%, राम जानकी हस्पिटल, जनकपुरमा १५% तथा नमो मनकामना डेण्टल एण्ड क्लिनिक,इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।
बुटिक अन्तर्गत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तनाश्का फेशन स्टुडियोमा १५% छुट पाउन सकिनेछ। जिम÷फिटनेस सेन्टर अन्तर्गत शेप्स फिटनेस जीम, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ ।

Premier Steel Banner