GBIME

विदेशमा बस्ने नेपालीका लागि बम्पर अफर, १२.५ प्रतिशत ब्याज पाइने बचत पत्र आउदै

1.4K
shares

काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीहरुका लागि बम्पर अफर सहितको बैदेशिक रोजगार बचत पत्र ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी १८ जेठदेखि बचत पत्रका लागि आवेदन खुलाउने तयारी गरेको छ ।

ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् ।

जेठ १८ देखि असार ६ गतेसम्म बचत पत्रका लागि आवेदन दिन सकिने राष्ट्र बैंक श्रोतले बताएको छ ।

Dhulikhel Eco Resort 1200*100