Mangaldeep Aagarbatti
GBIME

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना, अनिल शाह आउट हुने

1.95K
shares

काठमाडौं, २८ वैशाख । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुने भएका छन् । नबिल बैंक र ढुंगानाबीच गोप्य समझदारी समेत भइसकेको छ ।

अहिलेका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल आगामी ८ असारमा पुरा हुँदैछ । मेगा बैंकमा २ कार्यकाल सीईओ भएर पुनः नविल बैंक फर्किएका अनिल शाह सुरुमा डेपुटी सीईओमा गएका थिए । २०७५ असार ८ गते सीईओ नियुक्त भएका साहलाई दोस्रो कार्यकालका लागि नदोहोर्याउने बैंकको तयारी छ ।

बैंक उच्च श्रोतले दिएको जानकारी अनुसार साहलाई ७ असारमा अवकास दिने र ८ गतेदेखि ढुंगानालाई सीईओ बनाएर ल्याउने तयारी छ ।

National life Banner