GBIME

लुम्बिनी विकास बैंकले १ अर्ब बराबरको ऋणपत्र जारी गर्दै

1.54K
shares

काठमाडौं, २८ वैशाख । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ११ प्रतिशत एल.बि.बि.एल डिबेन्चर २०८९ ऋणपत्र जारी गर्न लागिएको हो ।

जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११ प्रतिशत रहेको छ । ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निष्कासन गरिनेछ ।