GBIME

लघुवित्तले आधारदर नियमित रुपमा प्रकाशन गर्नुपर्ने

1.33K
shares

काठमाडौं, ११ मंसिर । लघुवित्त वित्तीय संस्थाहरुले अब मासिक रुपमा आधारदर सार्वजनिक गर्नु पर्ने भएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै माग यस्तो व्यवस्था गरेको हो ।

यसअघि ठूला बैंकहरुले नियमित रुपमा आधारदर सार्वजनिक गर्दै आएका थिए । आधारदरमा केही प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर तय गर्दै आएका छन् । लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले बताएको छ ।