GBIME

सुपर लघुवित्त ठगी प्रकरण : पूर्व सीईओको जग्गा रोक्का

4.06K
shares

काठमाडों, २३ पुस । दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लुघुवित्त वित्तीय संस्थाको अर्को बदमासी सार्वजनक भएको छ । नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेपछि नेपाल राष्ट्र बैंकले लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । लघुवित्तका अध्यक्ष र उनको बुबाको दबाबमा यस्तो कार्य भए पनि समस्यामा भने कर्मचारी परेका छन् ।

यसैक्रममा पछिल्लो पटक लाघुवित्तका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जग्गा नै बैंकले रोक्का गरिदिएको छ । त्यो पनि राजीनामा दिएको ७ महिनापछि । पूर्व सीईओ मनोज कुमार रायको सिराहमा रहेको जग्गा प्रभु बैंकले रोक्का गरेको हो । संस्थाको नियम अनुसार आफूले संस्थाबाट राजीनामा दिएर बरबुझारथ समेत गरिसके पछि बैंकले जग्गा रोक्का गरेको रायले बताए । उनले आफूले राजीनामा दिएको ७ महिनापछि प्रभु बैंकले जग्गा रोक्का गरेको जानकारी पाएको जानकारी बताए । जग्गा रोक्का गर्ने सम्बन्धमा आफूलाई कुनै पनि जानकारी नभएको र एक्कासी मालपोतमा जाँदा जग्गा रोक्का भएको थाहा पाएको उनले सुनाए ।

रायले सीईओको जिम्मेवारीबाट २०७८ साल जेठ २० गते राजीनामा दिएर बरबुझारथ गरेका थिए । रायले आफू सीईओका रुपमा कार्यरत रहेको समयमा नियमित रुपमा ऋणको ब्याज र किस्ता तिर्दै आएको पनि बताए । तर राजीनामा दिएको पनि लामो समयसपछि जग्गा रोक्का भएका कारण आफूलाई आर्थिक र मानिसक रुपमा तनाव थपिएको उनको भनाइ छ ।

‘म २०७८ सालको जेठ महिनामा राजीनामा दिएर कामु सीईओलाई बरबुझारथ गरेर बिदा भएको हुँ । तर पुस महिनामा मेरो जग्गा रोक्का भएको जानकारी भयो । कसले गरेको रहेछ भनेर बुझ्दा प्रभु बैंकले गरेको जानकारी पाएँ,’ उनले भने । सुपर लघुवित्तमा समस्या आउनुको कारण फिङ्गोदेखि कै समस्या सुपरमा पनि सरेको पूर्व सीईओ रायको भनाइ छ ।

जिम्मेवारीबाट बिदा इसकेको अवस्थामा पनि कर्मचारीलाई दुःख दिने नियतका साथ यस्तो गरिएको छ । यो लघुवित्तमा प्रभु बैंकको २५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । सुपर लघुवित्तले बनेपछि गैर सरकारी संस्था फिङ्गोलाई समेत मर्ज गरेको थियो । जसमा फिङ्गोका तर्फबाट अध्यक्ष ज्योति प्रकाश चौधरी र सुपर लघुवित्तका तर्फबाट अध्यक्ष किरण चौधरीले हस्ताक्षर गरेका थिए । उनीहरु बाबु छोरा हुन् । सम्झौता अनुसार फिङ्गोको आर्थिक भार पनि सुपर लघुवित्तमा थपिएको थियो । फिङ्गोमा भएको आर्थिक हिनामिना सुपरमा पनि सरेकाले संस्था समस्यामा परेको हो ।

२०७६ सालको पुस २९ गतेदेखि कारोबार सुरु गरेको लघुवित्तलाई नेपाल राष्ट्र बैंकले २०७९ साल भदौ २२ गते समस्या ग्रस्त घोषणा गरिसकेको छ । कारोबार सुरु गरेको ३ वर्षको अवधिमा नै यो संस्था समस्या ग्रस्त घोषणा भएको हो । यस संस्थामा प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त लगायतले ऋण लगानी गरेका छन् ।

Follow Up

सुपर ठगी प्रकरण : अध्यक्षका बुबाको धम्की

सुपर ठगी प्रकरण : अध्यक्षका बुबाको धम्की

सुपर लघुवित्तको कामू सीईओ बुद्धिराम चौधरी पुनः पक्राउ

सुपर लघुवित्तको कामू सीईओ बुद्धिराम चौधरी पुनः पक्राउ

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्तका कामू सीईओलाई अदालतले माग्यो ३ लाख धरौटी

सुपर लघुवित्तका कामू सीईओलाई अदालतले माग्यो ३ लाख धरौटी

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर लघुवित्तका अध्यक्ष करोडौ डुबाएर फरार, कर्मचारीहरू कानूनी फन्दामा !

सुपर लघुवित्तका अध्यक्ष करोडौ डुबाएर फरार, कर्मचारीहरू कानूनी फन्दामा !

सुपर लघुवित्तलाई टेकओभर गर्ने बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश

सुपर लघुवित्तलाई टेकओभर गर्ने बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश

सुपर लघुवित्तले राष्ट्र बैंकले मागेको स्पष्टीकरण बुझाएन

सुपर लघुवित्तले राष्ट्र बैंकले मागेको स्पष्टीकरण बुझाएन

सुपर लघुवित्तलाई संस्थापक शेयर सीमाभित्र ल्याउन अल्टिमेटम

सुपर लघुवित्तलाई संस्थापक शेयर सीमाभित्र ल्याउन अल्टिमेटम

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्त ठगी प्रकरण– आरोपित चौधरीले गरे कार्यालय कब्जा, कामू सीईओ सीडीमा

सुपर लघुवित्त ठगी प्रकरण– आरोपित चौधरीले गरे कार्यालय कब्जा, कामू सीईओ सीडीमा

सुपर लघुवित्त समस्याग्रस्त घोषणा

सुपर लघुवित्त समस्याग्रस्त घोषणा

सुपर लघुवित्त प्रकरण : सञ्चालक विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता

सुपर लघुवित्त प्रकरण : सञ्चालक विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

प्रभु बैंकको २५ करोड रुपैयाँ सुपर लघुवित्तले डुबायो

प्रभु बैंकको २५ करोड रुपैयाँ सुपर लघुवित्तले डुबायो

ठगी काण्डमा मुछिएको सुपर लघुवित्तबाट बाहिरिए कामू सीईओ निरौला

ठगी काण्डमा मुछिएको सुपर लघुवित्तबाट बाहिरिए कामू सीईओ निरौला