राष्ट्र बैंकले १० अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै, आजै बोलकबोल

318
shares

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले रू. १० अर्ब ६० करोड बरारबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनको लागि रू. ३ अर्ब ६० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० बैशाख १२ गते परिपक्व हुनेछ । त्यस्तै १ वर्षको लागि रू.७ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्री गरिन्छ ।

भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।


franklin 1200*150