GBIME

लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकको अनुरोध

‘कसैलाई चोटपटक लागेको छैन, अनुसन्धान पछि थप जानकारी दिन्छौँ

1.67K
shares

काठमाडौं, १६ जेठ । महोत्तरीमा भएको बैंक लुटपाट बारे अनुसन्धान गर्न एनएमबिले बैंकले प्रहरीलाई अनुरोध गरेको छ । मंगलबार दिउसै एनएमबि बैंकको वर्दिवास शाखामा लुटपाट भएको थियो ।

बैंकले घटनापछि प्रेस विज्ञप्ति जारी गर्दै महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा चोरी भएको पुष्टि समेत गरेको छ ।

एनएमबि बैंकका अनुसार मंगलबार १२ः२५ को समयमा ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुक धारी ब्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटेका थिए ।

यो पनि पढ्नुहोस् : कसले लुट्यो एनएमबि बैंकको पैसा ?

उक्त घटनामा संलग्न ब्यक्तीहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि सम्बन्धित निकायमा अनुरोध भैसकेको बैंकले जनाएको छ ।

सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भै रहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक नलागेको ब्यहोरा भन्दै अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी दिने बैंकले बताएको छ ।

Follow Up

कसले लुट्यो एनएमबि बैंकबाट पैसा ?

कसले लुट्यो एनएमबि बैंकबाट पैसा ?