GBIME

नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त

1.51K
shares

काठमाडौं, १ असोज । भदौ ३१ गते बसेको सञ्चालक समितिको ५५ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेललाई नियुक्त गरेको छ ।

यस अघि पोख्रेलले नेपाल एसबिआई बैंक लिको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।

‘नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस मर्चेण्ट विश्वस्त रहेको छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

Premier Steel Banner