४० करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८० मंसिर ३ आइतवार ११:५५
shares

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्धती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो।
बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६ करोड र फाइनान्स कम्पनीहरुमा २ करोड गरी कुल ४० करोड लगानी गर्ने एक सूचना जारी गर्दै जनाएको छ ।
उक्त रकम २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले मंसिर ६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।