GBIME
Machhapuchhre

कोरोनाले गर्दा बन्द भएको पार्लर सिटिजन्स बैंकको सहयोगमा पुन सञ्चालनमा

672
shares
NCHL Banner

काठमाडौं, ४ मंसिर । ७२ सालमा ब्यूटिपार्लर क्षेत्रमा लागेकी शान्ति श्रेष्ठ अहिले एक व्यूटिसियन हुनुमा गर्व गर्छिन् । उनले क्रिएटिभ ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गरेको ६ वर्ष भइसकेको छ ।

उनले पार्लर सञ्चालनमा आएसँगै राम्रो व्यवसाय गर्ने सोच बनाएकी थिइन् । उनले विस्तार विस्तार सामान बढाउँदै उनले दिने सेवा सुविधा बढाउँदै लगिन् । यसै समयमा विश्व महामारीको रुपमा कोरोना भाइरस रोग आयो । ‘कोभिडको कारणले गर्दा पार्लरको काम गर्न एकदमै गाह्रो भयो ।’ उनी सम्झिन्छिन्, ‘ठ्याप्पै नै रोकियो, मैले लगभग एक वर्ष जति नै पार्लर रोके, बन्द भयो, भाडा मात्र तिरेर बसे म, धेरै नै गाह्रो भयो ।’

उनले अब के गर्ने भन्ने सोच्नै सकिनन् । केही समय यत्तिकै अलमलमा परिन् । त्यस्तो अवस्थामा उलाई सिटिजन्स बैंकले धेरै सहयोग गर्यो । ‘सिटिजन्स बैंकले मलाई एकदम धेरै विश्वास गरेर महिला उद्योगकर्मी कर्जा उपलब्ध गराईदिनु भयो, त्यो कारणले गर्दा म यति धेरै माथि उठ्न पाए । उनले भनिन्, ‘अब आउने दिनमा पनि सिटिजन्स बैंकले यस्तै साथ र सहयोग दिनु हुन्छ भन्ने धेरै धेरै आशा छ, मलाई धेरै विश्वास गरेर यहाँ सम्म पुर्याइ दिनु भएको छ, सहयोग, सर्पोट गरेर । ’ उनले सिटिजन बैंक र आफ्नो पार्लरको सम्बन्ध लङ लास्टिङ होस भन्ने आशा रहेको बताइन् ।

उनले अहिले धेरै राम्रो गरि काम गरि रहेकी छिन् । उनले ट्रेनिङहरु दिइ रहेकी छिन्, सिटिभिटिको क्लासहरु आउदाँ पनि क्लासहरु चलाइ रहेकी छिन् । उनले आफ्ना ग्राहकहरुलाई राम्रो व्यवहार गछिन् । ग्राहकलाई राम्रो सर्भिस दिइरहेकी छिन् ।