ग्लोबल आइएमई बैंकको विशेष आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा

1.05K
shares

काठमाडौं, २९ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिएकाले सहज रुपमा कर्जा सार्नसमेत सक्ने बैंकले जनाएको छ ।

यस विशेष घर कर्जा योजना अन्तर्गतले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने छन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ ।

उक्त कर्जा बैंकको देशभरको ३५६ वटा शाखाबाट लिन सक्नेछन् । उक्त कर्जा योजना सिमित अवधिका लागि रहने बैंकले जनाएको छ ।

बैंकका ३५६ शाखा, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।