GBIME

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त

2.04K
shares

काठमाडौं, १५ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनीसँगै ५ जना प्रभु बैंकका बालवाला कर्मचारी प्रक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छदा कर्जा हिनामिना गरेको आरोप न्यौपाने माथि छ ।

न्यौपानेका बारेमा केटिएम भ्वाइसले केही महिना अघि नै समाचार प्रकाशन गरेको थियो । केटिएम भ्वाइसलाई समाचारको सूचना दिएको अभियोग लगाउदै न्यौपानेले विरगञ्जका एक व्यक्तिलाई फसाइदिने धम्की समेत दिएका थिए ।

न्यौपानेसँगै सेञ्चुरीका तत्कालिन सीईओ तुल्सीराम गौतम समेत पक्राउ गरेका छन् । यसप्रकरणमा पक्राउ पर्नेको संख्या ११ रहेको प्रहरीले जनाएको छ ।

जसमा तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा उनीहरु पक्राउ परेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

सहकारी गठी प्रकरणमा चौलागाईं पुर्पक्षका लाथि थुनामै रहेको र उनको बयानका आधारमा बैंकका कर्मचारीहरुलाई पक्राउ गरेको बोगटीले जनाकारी दिए । ८० करोडको धितो राखेर २ अर्ब भन्दा बढी कर्जा चौलागाईंका विभिन्न कम्पनीमा दिएको र त्यसरी दिदा कर्जा दुरुपयोग भएको प्रवक्ताको भनाई छ ।

‘धितो थोरै तर कर्जा धरै किन गायो भनेर अनुसन्धान भईरहेको छ’, बोगटीले भने, ‘कम्पनीको लागि भनि लिएको कर्जा पनि व्यक्तिगत रुपमा चलाएको पाईएको छ ।’

तत्कालीन सेञ्चुरी बैंकबाट पटक पटक गरेर पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिल गायतका कम्पनीका नाममा चौलागाईंले कर्जा लिएका थिए । उनले करिब २ अर्ब ४ करोड रुपैयाँ कर्जा लिएको र त्यो अहिले बढेर करिब ३ अर्ब रुपैयाँ पुगेको सिआईको भनाई छ ।

चौलागाईमाथि अनुसन्धान गर्ने क्रममा बैंकबाट लिएको कर्जा दुरुपयोग भएको पाइएपछि सेञ्चुरी बैंकका कर्मचारीलाई प्रक्राउ गरेको बोगटीले बताए ।

सेञ्चुरी बैंक गत वर्षको पुसमा प्रभु बैंकमा मर्ज भइसकेको छ । सेञ्चुरीका सीईओ मनोज न्यौपाने मर्जपछि प्रभुमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । न्यौपाने भन्दा अघि बैंकमा तुलसीराम गौतम सीईओ थिए । गौतमका पालमा सेञ्चुरीले रविन्द्रका कम्पनीलाई ऋण दिन थालेको थियो ।

Follow Up

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा