Dhulikhel Eco Banner new
NCHL Banner 2081

लघुवित्तको समस्या अध्ययन गर्न डेपुटी गभर्नर नीलमको नेतृत्वमा कार्यदल बन्ने, अन्य सदस्यमा को–को ?

8.31K
shares

काठमाडौं, ४ चैत । शुक्रबार अर्थमन्त्री वर्षमान पुनले लघुवित्त क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय पेश गर्न भन्दै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्य कार्यकल गठन गरेका थियो ।

अर्थ मन्त्रालयले डेपुटी गभर्नर भने राष्ट्र बैंकले नै तोक्ने गरि ७ सदस्य कर्यादल गठन गरेको थियो । तर, राष्ट्र बैंकबाट कस्को नेतृत्वमा अध्ययन समिति बन्छ भन्ने यो समाचार तयार पर्दा सम्ममा टुंगो लगाएको छैन । राष्ट्र बैंकमा डोपुटी गभर्नरको रुपमा बमबहादुर मिश्र र डा नीलम ढुङ्गाना तिम्सिना छन् ।

दुई डेपुटी गभर्नर मध्येबाट एक जनाको नेतृत्वमा कर्यदल बन्ने छ । तर त्यसमा पनि डा. नीलमको नेतृत्वमा बन्ने उच्च सम्भावना छ । राष्ट्र बैंकले जनाए अनुसार जसको जुन क्षेत्र छ त्यहि व्यक्ति नै कर्यादलको नेतृत्व गर्ने गरेको विगतका अभ्यासहरु भएका छन् ।

‘अध्ययन कार्यदलको नेतृत्वमा दुई डेपुटी गभर्नर ज्यूमध्येबाट एक जना पर्ने हो, तर उहाँहरु को पर्नु हुन्छ त्यो हामीले ठ्याक्कै भन्न सकिन्दैन’, राष्ट्र बैंकका उपप्रवक्ता डा. डिल्लीराम पोखरेलले भने, ‘तर, विगतको अभ्यास भने जुन टिपाटको विषय हो र त्यो डिपाट जुन डेपुटी गभर्नर ज्यूले हेर्नु हुन्छ उहाँ नै बन्ने गरेको अभ्यास छ ।’

पोखरेलका अनुसार कार्यदलमा कस्लाई पठाउने त्यो निर्णय गभर्नरले गर्छन् । लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदलमा कस्को नेतृत्वमा बन्ने भन्ने जिम्मा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्णय गर्ने छन् ।

‘कार्यदमा कस्लाई पाठाउने भन्ने निर्णय गभर्नर ज्यूले नै तोक्नु हुन्छ’, पोखरेलले भने ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग हाल डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले हेरीरहेकी छिन् । उपप्रवक्ता पोखलेल भने अनुसार विभाग जस्ले हेरेको छ त्यही व्यक्ति कर्यालको नेतृत्व गर्ने हो भने नीलम पर्ने सम्भावना उच्च छ ।

समितिमा राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् ।

जसमा राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागमा कार्यकारी निर्देशक रेवती नेपाल छन् । नेपाल नै कर्यादलको सदस्य स्वतह हुन्छन् । अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव स्वतह नारायण प्रसाद रिसाल सदस्य हुने छन् । अन्य एक उपसचिवमा तहका सदस्यमा अर्थ मन्त्रालय उक्त महाशाखाका ३ उपसचिव केशव कुमार उप्रेती, देवानन्द काफ्ले र बोलराज आचार्य मध्ये एक हुने छन् ।

त्यसैगरी, कार्यदलमा लघुवित्त पीडित संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् ।

कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ ।

Follow Up

लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदल गठन, ६० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने

लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदल गठन, ६० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने

लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल

लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल

लघुवित्त संघर्ष समितिसँग ६ बुँदे सहमति सकारात्मक : लम्साल

लघुवित्त संघर्ष समितिसँग ६ बुँदे सहमति सकारात्मक : लम्साल

‘लघुवित्त संघर्ष समितिसँग सहमति गराएर अर्थमन्त्री ज्यूले राम्रो प्रयास गर्नु भयो, हामी आशावादी छौँ’

‘लघुवित्त संघर्ष समितिसँग सहमति गराएर अर्थमन्त्री ज्यूले राम्रो प्रयास गर्नु भयो, हामी आशावादी छौँ’