उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने, २४ लाख ९ हजार आवेदकको हात खाली

3.69K
shares

उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे बाँडफाँट गर्ने तय भएको छ ।

लघुत्तको आइपीओमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताको लागि आवेदन परेको छ । जसमा २२ हजार ११५ जनाले मात्र शेयर हात पार्ने छन । बाँकी २४ लाख ९ हजार जना आवेदनको हात खाली हुने भएको हो।

कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशनमा ल्याएको थियो। जसमध्ये ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५५ अर्थात ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ ।