GBIME

सेञ्चुरी कमर्सियल बैंकको नाफा १ अर्ब नाघ्यो

2.3K
shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब नाघेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको २७ करोड ८३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेको छ भने जगेडा कोष २३.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३.१८ प्रतिशत घटेको छ भने कर्जा ११.६६ प्रतिशत बढेको छ।