Nepal Life Banner

साइन रेसुङ्गा बैंकको नाफा ४८ करोड ४७ लाख

4.07K
shares

काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले चैत मसान्तसम्ममा ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकले ८।१२ प्रतिशतले बढी नाफा गरेको छ ।
बैंकले चैत मसान्तसम्ममा ३४ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २९ अर्ब १६ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ४१ अर्ब २ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्षको सोही अवधिमा बैंकले ३५ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकको पूँजी कोष अनुपात घटेको छ । गत वर्ष १५।४९ प्रतिशत रहेको पूँजी कोष अनुपात घटेर १५।३४ प्रतिशत कायम भएको छ । त्यसैगरी, बैंकका खराब कर्जा बढेको छ । गत वर्ष १।१६ प्रतिशत रहेकोमा यो वर्ष १।२४ प्रतिशत पुगेको छ ।
साथै, बैंकको सिडी रेसियो ८६।९३ प्रतिशत, बेसरेट १०।४९ प्रतिशत र ब्याजदर ३।८९ प्रतिशत कायम भएको छ ।
बैंकसँग अहिले २५ करोड ६४ लाख रुपैयाँ वितरणयोग्य रकम रहेको वित्तीय विवरणले देखाउँदछ