Mangaldeep Aagarbatti
GBIME

कुमारी बैंकले वृद्ध भत्ता रोक्यो, मेयरले लगाए बैंक शाखामा ताला

2.23K
shares

काठमाडौं, ८ वैशाख। कुमारी बैंकले सामाजिक सुरक्षा भत्ता समयमा नदिने गरेको पाइएको छ । बैंकले भत्ता नदिदा एक नगरपालिकाका मेयर आफैले कुमारी बैंकको शाखा कार्यालयमा ताला लगाइदिएका छन । घटना भंगाहा नगरपालिका जनकपुरको हो । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैंकमा ताला लगाएका छन् ।

मेयर संजीव साहले चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तदारुकता नदेखाएको भन्दै बुधबार कुमारी बैंकमा ताला लगाएका हुन् । उनले भंगहा नगरपालिकाको सितापुरस्थित कुमारी बैंकमा ताला लगाएका हुन् । ताला लगाएपछि बैंकको सेवा प्रवाह ठप्प भएको छ ।

National life Banner