सेञ्चुरी बैंकका एकै दिन ३ नयाँ शाखा सञ्चालनमा
वि.सं.२०७९ वैशाख ९ शुक्रवार १०:५६
shares
आफनो सेवा विस्तार गर्ने क्रममा सेन्चुुरी कर्मसियल बैँक(CCBL) ले बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका,४ को महेन्द्रनगरमा, कैलालीको लम्की नगरपालिका,१ लम्कीमा र बर्दियाको गुलरिया नगरपालिका,७ को गुलरियामा सेवा सुरू गरेको हो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम रहेको छ ।