Nepal Life Banner (End Date 5 Magh 2081)

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

13.27K
shares

काठमाडौं, १६ मंसिर । नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)को समतामूलक सहभागीता रहेको छ ।

नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि नै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली हो । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन र तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

कसरी हुन्छ अन्तरबैंक विद्युतीय भुक्तानी ?

यस प्रणालीमा भुक्तानी दिने ग्राहकको निर्देशन वा भुक्तानी लिने ग्राहकको निर्देशनको आधारमा कारोबार गरिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकलाई यस प्रणालीमा आवद्ध रहेको अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा भुक्तानी दिन निर्देशन वा अख्तियारी दिएपछि भुक्तानी दिने ग्राहकको बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत भुक्तानी पाउने ग्राहकको बैंकलाई निर्देशन पठाउँछ ।

भुक्तानी पाउने ग्राहकको बैंकले कारोबार निर्देशन प्राप्त गरेपछि तोकिएको निश्चित समय अन्तरालमा नेपाल राष्ट्र बैंकबाट अन्तिम फछ्र्यौट तथा फरफारखको जानकारी आएपछि ग्राहकको खातामा निर्देशन बमोजिमको रकम जम्मा गर्दछ ।

यसरी भुक्तानी दिने ग्राहकले आफ्नो बैंकलाई दिएको निर्देशनको आधार अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा गरिने कारोबारलाई डाइरेक्ट क्रेडिट कारोबार भनिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकको शाखा वा बैंकले उपलब्ध गराएको अन्य कुनै माध्यमबाट यस्तो निर्देशन दिन सक्दछ ।

त्यसैगरी, भुक्तानी पाउने ग्राहकलाई भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकबाट तोकिएको समय अन्तरालमा भुक्तानी रकम लिन दिएको मंजुरीनामाको आधारमा भुक्तानी लिने ग्राहकको बैंकले भुक्तानी दिने ग्राहकको बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत निर्देशन पठाउँछ ।

वित्तीय साक्षरता : ४

राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता : ५

कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता : ६