Nepal Life Banner (End Date 5 Magh 2081)

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

11.96K
shares

काठमाडौं, २९ जेठ । सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख गरिएको हुन्छ ।

बजेटले आम जनताका रुचिहरु र सरकारका नीतिहरुको संयोजन गर्ने काम गर्छ । सरकार, राज्य तथा राजनैतिक दलहरुले विकास निमार्णका कुराहरु जनतामाझ लैजान खोजेका हुन्छन् ।

ती कुराहरु संविधान र आवधिक योजनालाई बजेटकै माध्यामबाट अन्तिम रुप दिई नतिजा दिने काम हुन्छ ।

बजेट सर्वसाधरण, उद्योग व्यवसायी, राजनैतिक दल, राज्य सबैलाई सरोकार भएको विषय हो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा पेश गरेको छ । नेपालको संविधानमा नै जेठ १५ गते भित्र बेट पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

कसरी तयार गरिन्छ बजेट ?

बजेट अर्थ राजनीति र अर्थशास्त्रको विषय हो । बजेटको सम्बन्ध संविधानसँग हुन्छ । संविधानले बजेट यस्तो बन्नुपर्छ भनेर मार्गदर्शन प्रदान गर्दछ । संविधानले भने अनुसार आवधिक योजना बन्छ ।

संघीय गणतन्त्र नेपालको संविधानले ३२ वटा मौलिक हक तथा अधिकारहरु सुरक्षित गरेको छ ।
कर उठाउने विषय, खर्च गर्ने विषय, यी विषयहरुमा कसको अधिकार हुन्छ भन्ने कुराबारे नेपालको संविधानमा उल्लेख छ ।

नेपालको संविधानलाई हेर्ने हो भने स्वतन्त्र र आत्मानिर्भर अर्थतन्त्रको निर्माण गर्ने भन्ने कुरा उल्लेख छ । बजेट निर्माणको सवालमा नेपालमा केही कानुनहरु पनि छन् । जसको अधिमा रहेर बजेट निर्माण गरिन्छ ।

बजेटको कार्यान्वयन
सबै कुरा प्रदेश क्षेत्रले तयार गरिसकेपछि कार्यन्वयन गर्ने काम हुन्छ । बजेटको अर्को चक्रमा बजेटको कार्यान्वयन भएको छ या छैन भनेर अनुगमन गर्ने काम हुन्छ ।

स्वतन्त्र लेखापरीक्षकको काम महालेखापरीक्षकले गर्ने गर्छन् । महालेखापरीक्षकले बजेट कार्यान्वयनको सम्बन्धमा प्रतिवेदन निकाल्ने काम गर्छ ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?