Dhulikhel Eco Banner new

चिनियाँ राजदूत र गर्भनर डा. पौडेलबीच भेट, वित्तीय सहकार्यबारे छलफल

1.21K
shares

काठमाडौं, २० असार । नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोंगले बिहीवार नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा उक्त भेटमा नेपाल र चीनबीचको वित्तीय क्षेत्रको सहकार्यबारे विविध पक्षमा छलफल भएको थियो।

भेटका क्रममा गर्भनर पौडेलले नेपाल–चीन आर्थिक सम्बन्धमा राष्ट्र बैंकको तर्फबाट सहकार्यलाई थप सुदृढ गर्न इच्छाशक्ति व्यक्त गरे। उनले बैंकिङ क्षेत्र, डिजिटल वित्तीय सेवा र क्षमता अभिवृद्धिका क्षेत्रमा आपसी सहकार्य महत्वपूर्ण हुने धारणा राखे।

राजदूत सोंगले पनि नेपालसँगको द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै वित्तीय नीतिगत सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।