Nepal Life Banner

२ वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा, लाभांश वितरण गर्नै नपाउने

3.68K
shares

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारबाही गरेको छ । यी दुई बैंकहरुबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाडियो ।

मर्जर तोडेको भन्दै नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको छ । गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति गरेका ती दुई बैंक करिव एक वर्षमा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

दुबै बैंकलाई पुनः अर्को संस्थासँग मर्जरमा जान समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि हिमालयन बैंकले मर्जरका लागि छलफल समेत अघि बढाएको छ ।