GBIME

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

1.51K
shares

काठमाडौ,१४ वैशाख । महालक्ष्मी विकास बैंकले नेपालगञ्जमा शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकले नेपालगञ्ज उपनगरपालिका–१२ सुर्खेत रोडबाट वडा–२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । मंगलबार आयोजित कार्यक्रममा उक्त शाखाको उद्घाटन गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराए । उनले बैंकले आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने शाखाका प्रबन्धक कोमल बिष्टले बताए ।

 

Premier Steel Banner