Nepal Life Banner

बैंककाे फारममा हस्ताक्षर गर्नुअघि नबुझेको सर्तहरु सोध्ने गरौँ

7.32K
shares

जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाधिएका हुन्छन् । सर्तहरुको पुर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व हो ।

ग्राहकले वित्तीय सेवा लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नुपर्दछ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफुले सुरक्षित राख्ने गर्नुपर्दछ । ग्राहकसगँ प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुन्छ भने । ग्राहकलाई सर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायकको हुन्छ । ग्राहकले सोधेको प्रश्नको सहि र सरल जवाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पुर्ण सुचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व हो ।

भोली पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझेसम्म प्रश्न सोध्ने गरौँ ।

श्रोत : नेपाल राष्ट्र बैंक