ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:००
shares
काठमाडौं, २ असार । कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरु नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्नका लागि आधिकारीक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर र भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय पा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज तोकिएको समयमा पाउँछन् ।
कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज र साँवा पाउन नसकेमा कम्पनी खारेजीमा पठाउनका लागि समेत कारबाही चलाउन सक्छन् । त्यसैले जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ ।
पछिल्लो समय नेपालमा बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गर्ने क्रम बढेको छ । नेपालका बैंकहरुले १० वर्षे अवधि सम्मका लागि ऋणपत्र विक्री गरेका छन् । अर्धवार्षिक र बार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि ऋणपत्र जारी गरेको पाईन्छ ।
ऋणपत्रबाट उठाएको रकम लगानी गरेपनि नगरेपनि दिने भनिएको ब्याज भुक्तानी गर्ने निश्चिन्त गरिएको हुन्छ । त्यसैले पनि कतिपय लगानीकर्ताले सुरक्षित लगानीका लागि ऋणपत्रका इकाइहरु खरिद गर्दछन् ।
ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले तोकिएको समयमा तोकिएको ब्याज भुक्तानी पाउने भएकाले बैंक निक्षेपमा भइरहने ब्याजदर परिवर्तनको जोखिमबाट लगानीकर्ता मुक्त हुन्छन् । त्यसैले पनि लगानीकर्ताले ऋणपत्रमा लगानी गरेको देखिन्छ ।
बैंकहरुले लगानीयोग्य रकमको अभाव हुने समस्या झेलिरहेका बेला ऋणपत्रमार्फत रकम उठाएर लगानी गर्न चाहेको देखिन्छ । पछिल्लो समय केही बैंकहरुले १० प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गरेको देखिन्छ । ब्याज समेत राम्रो पाउने भएपछि लगानीकर्ताका लागि सुरक्षित लगानी गर्ने राम्रो औजारका रुपमा ऋणपत्रलाई लिन सकिन्छ ।
ऋणपत्रमा लगानी गर्दा हुने फाइदा
बैंकले जारी गरेको ऋणपत्रमा सेयरधनीलाई लाभांश वितरण गर्नुअघि नै ब्याज दिनुपर्छ । नोक्सानीमा गएको अवस्थामा समेत ऋणपत्रधनीलाई अनिवार्य ब्याज भुक्तानी गर्नुपर्छ ।
ऋणपत्र धितोपत्र बजारमा समेत सुचिकृत हुने भएकाले सजिलै खरिद विक्री गर्न सकिन्छ । त्यस्तै धितो राखेर समेत ऋण लिन सकिने भएकाले लगानीकर्ताले दिर्घकालीन फाइदा लिन सक्छन् ।
कतिपय ऋणपत्र समयअवधि सकिएपछि साँवा र ब्याज भुक्तानी हुने प्रकृतिका हुन्छन भने कतिपय सेयरमा परिणत हुने खालका हुन्छन् । त्यसैले लगानीकर्ताले दिर्घकालीन फाइदा लिनका लागि ऋणपत्रको प्रकृति हेरेर लगानी गर्न सक्छन् ।
वार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि ऋणपत्र लगानीको उत्तम विकल्प हो ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?