ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वि.सं.२०७९ असार ८ बुधवार ०७:२१
shares
काठमाडौं, ८ असार । आम्दानीभन्दा खर्च बढी गर्नुपर्ने तर पहिलेदेखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ ।
केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ ।
बैंक ऋणको परिचय
कुनै पनि उद्यम वा व्यवसाय गर्न वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । गाई–भंैसी पाल्न, रिक्सा किन्न, सानो वा ठूलो व्यापार गर्न, घरेलु उद्योग तथा अन्य उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि आय आर्जन हुने काम गर्न सर्वप्रथम पैसा चाहिन्छ । पैसा आपूmसँग नहुन पनि सक्दछ ।
यसरी आवश्यक पर्ने पैसा परम्परागत रूपमा साहु महाजनहरूले उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को ब्याज लिने गर्दथे । यो चलन अहिले पनि यदाकदा व्यवहारमा रहेको देखिन्छ ।
यस मार्फत कतिपय साहुहरूले अन्यायपूर्वक ऋणको अङ्क बढाउने र नाजायज रूपमा शोषण समेत गर्दथे वा गर्दछन् भन्ने पनि सुनिन्छ । तर आधुनिक र विकसित समाजमा यस्तो पैसा ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउँछन् ।
ऋणका स्रोतहरू के–के हुन् ?
ऋणका विभिन्न स्रोतहरू छन् । आउनुहोस् हेरौँ ऋणका विभिन्न स्रोतहरु :
बैंक तथा वित्तीय संस्था
बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर ऋण प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन् ।
बचत तथा ऋण सहकारी संस्था
हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरूले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको ऋण प्रदान गर्छन् ।
व्यवसायिक ऋण प्रदानकर्ता
व्यवसायिक ऋण प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप ऋण प्रदान गर्छन् । यस प्रकारको ऋणको ब्याज, धितो र समयसिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।
साथीभाइ वा परिवार
साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक ऋणको स्रोत हुन सक्छन् । यस प्रकारका ऋण कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।
सरकारी वित्तीय सहयोग
उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको ऋणको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपर्छ
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?