GBIME

‘सरकारी र आम जनताको सोचाई निजी क्षेत्र सबै चोर हुन् भन्ने छ’ (भिडियो)

1.63K
shares

काठमाडौं, २ माघ । सरकारी र आम जनताको सोचाई निजी जति सबै चोर हुन् भन्ने भएको उद्योगी उमेशलाल श्रेष्ठ बताउँछन् । उनले केटिएम भ्वाइको अनलाईन टिभि सस्करणमा कुरा गर्दै यस्तो बताएका हुन् ।

‘सरकारी मान्छे, अहिले त आम जनताको पनि निजी क्षेत्र सबै चोर हुन् भन्ने छ’, श्रेष्ठ भन्छन्, ‘तर, सबै त होइन् ।’ श्रेष्ठ केही निजी क्षेत्रका व्यक्तिहरु चोर रहेको समेत बताउँछन् । ‘केही–केही हुन्(चोर) पनि’ श्रेष्ठले भने, ‘त्यो त हामीले मान्नु पर्छ ।’

केही त्यस्ता भए भन्दैमा सबै निजी क्षेत्रलाई एउटै ठाउँमा राखेर गणना गर्न नमिल्ने श्रेष्ठको भनाई छ । सरकारी क्षेत्रमा पनि केही व्यक्ति खराब भएकाले गर्दा निजी क्षेत्रमा पनि त्यस्तो हुने श्रेष्ठको भनाई छ ।

‘फेरी मैले सरकारी क्षेत्रमा काम गर्नेहरु सबै चोर हुन्, भन्दा त्यो पनि गलत हुन्छ’, श्रेष्ठले भने, ‘उहाँहरु पनि सबै चोर, सबै बदमास होइन नि ।’

सबै क्षेत्रमा राम्रा मान्छे पनि हुने उद्योगी श्रेष्ठको भनाई छ । ‘सबै क्षेत्रमा राम्रो मान्छे पनि छन् नि त’, उनी भन्छन्, ‘तर, राम्रो मान्छे सधै ओझेलमा परेका हुन्छन् ।’

त्यसले गर्दा समस्या भएको श्रेष्ठको भनाई छ । यस्तो परिस्थितिको कुरा गर्दा गर्दा थाकिसकेको श्रेष्ठका भनाई छ । ‘नेपालको यस्तो कुरा गर्दा गर्दा बुढो भएकाले अब कुरा गर्न पनि मन लाग्दैन’, श्रेष्ठले भने, ‘कुरा गर्नको लागि थाकि सकेको छु । अब गर्ने रहर पनि छैन ।’