Nepal Life Banner (End Date 5 Magh 2081)

चन्द्रागिरीको मूनाफामा चमत्कारिक सुधार, ९ महिनामा कमायो ४२ करोड मूनाफा

3.9K
shares

काठमाडौं, १६ वेशाख । चन्द्रागिरी हिल्स लिमिटेडले मूनाफमा चमत्कारिक सुधार गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४१.२६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको छ । १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।