GBIME

आइएमईका ग्राहकले गोल्डस्टार जुत्ता किन्दा छुट पाउँने

2.49K
shares

काठमाडौं, २२ वैशाख । ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रम गरी उक्त सम्झौता गरिएको हो ।

सम्झौता अनुसार जुत्ताको खरिदमा आइएमई पे मार्फत पैसा तिर्दा गर्दा ३० प्रतिशत देखि ३ सय रुपैयाँसम्मको छुट दिने कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन ।

शुक्रबार देखि सुरु हुने उक्त छुट सिमित समय सम्म रहने कम्पनीले जनाएको छ ।

जसमा गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेव चेकआउटमा र जुत्ताको शोरुममा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा उक्त छुट पाइने छ ।

Dhulikhel Eco Resort 1200*100