२ हजारमा जीवनभर डिम्याट खाता निःशुल्क, एनआईबीएल एसले ल्यायो आकर्षक अफर

वि.सं.२०७९ वैशाख १ बिहीवार ११:१३
shares

कठमाडौं, १ वैशाख । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को आकर्षक अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले २ हजार रुपैयाँमा नै जीवनभर डिम्याट खाता खोल्न सक्ने सुविधा समेत ल्याएको छ ।
क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने अफर ल्याएको छ ।
यसैगरी लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७० प्रतिशत वार्षिक शुल्क छुट, व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौकाको अफर समेत ल्याएको छ ।
यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।